![]()
एजेन्सी । कवि महेश्वर शर्माको पहिलो कविता संग्रह ‘प्रवासका जूनहरु’ अष्ट्रेलियामा सार्वजनिक भएको छ । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले शर्माको नयाँ कविता संग्रह सार्वजनिक गरेकी हुन ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, एन एस डब्ल्यु अस्ट्रेलियाका महासचिब रहेका शर्माको कृतीमाथि साहित्यकार केदार पोख्रेललले समीक्षा गरेका थिए । उनले विदेशमा रहेका नेपाली युवाहरुको लागि पुस्तक सकारात्मक संदेशका रुपमा आएको बताए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका उपाध्यक्ष भीमसेन सापकोटाले नेपाली साहित्यलाई प्रवासमा जोगाईराख्न यो कृती महत्वपूर्ण हुने धारणा राखे ।


