![]()
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मिचिएको नेपाली भूमि फिर्ता गर्न भारत बाध्य हुने दावी गरेका छन् ।
एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौंमा आयोजना गरेको अन्तक्रियामा बोल्दै उपाध्यक्ष गौतमले भारतको हेपाहा प्रवृत्तिलाई तोड्न नेपाल आफू भने समृद्ध हुनैपर्ने तर्क गर्नुभयो । उनले भने, ‘आफै समृद्ध नभई भारतको हेपाहा प्रवृत्तिविरुद्ध लडन सकिदैन। ’
उपाध्यक्ष गौतमले समृद्धिको अभियानमा अघि बढन पनि सबैमा आह्वान गरे । उनले भारतीय पक्षले नेपालको सीमावर्ती क्षेत्रमा बाँधको बाँध भत्काउने प्रस्ताव राख्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव पनि दिए ।
कार्यक्रममा सिमाबिज्ञ बुद्विनारायण श्रेष्ठ र हिरण्यलाल श्रेष्ठले असमान सन्धिका कारण यो समस्या आएको र असमान सन्धि खारेजीनै समस्या समाधानको उपाय भएको बताउनु भयो ।
कार्यक्रममा बिकाश समितिका सभापति रबिन्द्र अधिकारीले अनेरास्ववियु राष्ट्रियताको पहरेदार भएको र बिगतमा कालापानी, सुस्ता र लक्ष्मणपुर बाँधको बिरुद्धमा अनेरास्ववियुले सञ्चालन गरेको आन्दोलनको स्मरण गराउदै आज पनि अनेरास्ववियुले दबाब र जागरणको भुमिका जारी राख्नुपर्ने बताउनु भयो ।


