![]()
बिबिसि । महिला अधिकारवादीहरुलाई एक महत्वपूर्ण विजय दिलाउने गरि भारतको सर्वोच्च अदालते मुसलमान समुदायमा रहेको ‘ट्रिपल तलाक’ भनी तत्काल सम्बन्धविच्छेद गर्ने चलन असंवैधानिक भएको फैसला गरेको छ ।
अदालतले बहुमतको फैसलामा सो चलनलाई गैर इस्लामिक भनेको छ । उक्त चलन बमोजिम मुसलमान पुरुषले आफ्ना श्रीमतीलाई केवल तीन चोटी तलाक भनेको भरमा सम्बन्ध विच्छेद गर्न पाउँथे । उक्त चलन पाकिस्तान र बंगलादेशमा प्रतिबन्धित थिए भने भारतमा जारी थियो ।
मुसलमान समुदायका महिलाहरुले श्रीमानले पत्र, टेलिफोन र अझ अहिले आएर व्हाट्स एप वा स्काइप जस्ता माध्यममार्फत ‘ट्रिपल तलाक’ दिएका कारण उनीहरु अलपत्र पर्ने गरेको बताउँदै आएका थिए ।
यस्तै चलनका कारण सम्बन्धविच्छेद हुन वाध्य भएका पाँचजना मुसलमान महिला तथा दुईवटा अधिकार समूहले अदालामा मुद्दा दायर गरेका थिए ।
महिला अधिकारवादीहरुले अदालतको फैसलालाई ऐतिहासिक जित भन्दै स्वागत गरेका छन् ।


