![]()
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफनो भारत भ्रमणको पूर्व सन्ध्यामा १५ जना राज्यमन्त्री थप्नु भएको छ । प्रधानमन्त्रीले कांग्रेसबाट १२ र फोरम लोकतान्त्रिकबाट ३ जना राज्य मन्त्री थप्नु भएको हो । थपिएका राज्यमन्त्रीले पनि आजै पद तथा गोपनियताको शपथ लिनु भएको हो ।
मंगलबार थपिएका राज्यमन्त्रीहरुमा कांग्रेसको तर्फबाट शेषनाथ अधिकारी, सीता गुरुङ, उदय शमशेर राणा, नरबहादुर चन्द, तप्तबहादुर विष्ट, अब्दुल रजाक, डिल्ली चौधरी, चम्पादेवी खड्का, दिलमान पाख्रिन, सरिता प्रसाईं, अमरसिंह पुन र तेजुलाल चौधरी छन् ।
यसैगरी फोरम लोकतान्त्रिकबाट राज्यमन्त्री हुनेमा जनकराज चौधरी, सुमित्रा थरुनी र यशोदा लामा छन् । प्रधानमन्त्री देउवाले गत आइतबार मात्रै माओवादीका ८ जना राज्यमन्त्री थप्नु भएको थियो ।
१५ राज्य मन्त्री थपिएसंगै मन्त्रिमण्डल ४९ सदस्यीय भएको छ ।


