Breaking News.... EverestOnlineKhabar
May 10, 2026

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको एउटा विशेषताका बारेमा सबै भन्छन् – ओलीलाई कोही मन पर्यो भने दिलमा बोकेर हिंड्छन । एउटै क्याबिनेटमा महत्वपूर्ण जिम्मेवारी दिएर राखेका राप्रपा अध्यक्ष कमल थापाप्रति उनको सहानुभूति र समर्थन कति छ भन्ने कुरा मंगलवारको व्यवस्थापिका संसद्को बैठकमा देखियो । यस्तै, आइजिपी काण्डमा विवादित भएका डिआइजी नवराज सिलवालप्रतिको मोह पनि मंगलबारको बैठकमा छताछुल्ल भयो ।

संसदमा बोल्दै अध्यक्ष ओलीले कमल थापा र पशुपतिशम्शेर राणाबीचको विवादबारे बोल्दै सर्वोच्च अदालतको अन्तरिम आदेशप्रति असन्तुष्टि व्यक्त गरे । उनले अदालतको स्वतन्त्र भूमिकाबारे समेत प्रश्न उठाए ।

आम जनताले अदालतको निष्पक्ष भूमिका खोजेकाबेला अदालतपनि त्यही रुपमा प्रस्तुत हुनुपर्ने उनले भने । निर्वाचन आयोगले पार्टी टुक्राउन निवेदन दिने केन्द्रीय सदस्यहरुलाई सनाखतका लागि दिएको समयमा सनाखतका लागि नआएकाले प्रस्ताव स्वीकार्य भएन भनेर निर्वाचन आयोगले भनिसकेकाबेला अदालतले पहिले नै रोहवरमा भएकोले सनाखत फेरि गर्नु पर्दैन भनेर फैसला गरेकोमा उनले आश्चार्य प्रकट गरे ।

एउटा संस्थाले सार्वजनिक ढंगले सूचना गर्ने र अर्कोले सनाखत भइसक्यो फेरि किन गर्नु पर्दैन भन्नु, कतिको न्यायपूर्ण हो, नेपाली जनताले बुझन पाउनुपर्ने उनले भने । क्षणभरको लाभका लागि मर्यादित संस्थाको दुरुपयोग गर्न नहुने उनले बताए ।

अध्यक्ष ओलीले थापापछि डिआइजी नवराज सिलवालबारे कुरा उठाए । सिलवालको नाम नलिएपनि उनकैबारेमा कुरा गरेको प्रष्ट थियो । उनले भने, ‘एउटा पुलिस अफिसरले चाकडी गरेर भनेर सिङ्गो राज्य लाग्ने ? दोस्रो हैन पहिलो वरियताको हो भनेर भनिसकेपछि ११ वटा (एआइजी) बढुवामा १२ औँ नम्बरमा पनि नपर्ने ? ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.