![]()
काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी)को २१औं राष्ट्रिय सम्मेलन भोलिबाट काठमाडौंमा सुरु हुँदैछ । क्रान्तिकारीले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
काठमाडौं प्रदशर्न केन्द्रमा विशेष समारोहकाबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मेलनको उद्घाटन गर्नुहुनेछ ।
सम्मेलनमा ८७ जिल्ला स्तरका कमिटीबाट तथा आयोजकसमेत गरी २ हजार ७६ जनाको सहभागिता रहने छ ।
सम्मेलनले क्रान्तिकारीको आगामी नेतृत्व समेच चयन गर्नेछ । सम्मेलनबाट ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुनेछन । संगठनको नेतृत्वमा रञ्जित तामाङ, आर सि अधिकारी र अनिल शर्माले दावी गरेका छन ।


