Breaking News.... EverestOnlineKhabar
May 11, 2026

बाढी पहिरोपीडितलाइ ५ लाख रूपैया दिन माओवादी केन्द्रको माग

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीपीडितहरुलाइ आफूले दिएको आश्वासन बमोजिम ५ लाख क्षतिपूर्ती उपलब्ध गराउने पहल सुरु गरेका छन ।

बाढी र डुबान प्रभावित तराईंका जिल्लाको अवलोकन भ्रमणक्रममा अध्यक्ष प्रचण्डले पीडित परिवारलाइ ५ लाख रुपैयाँ उपलब्ध गराउन आफूले पहल थाल्ने बताउनु भएको थियो । त्यसको प्रयासस्वरुप अध्यक्ष दाहालले औपचारिक रुपमै पार्टीकातर्फबाट यो प्रस्ताव सरकारसमक्ष राखेका छन । मंगलबार बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले ज्यान गुमाएकाको परिवारलाई प्रतिव्यक्ति ३ लाख र क्षतिपूर्ति तथा पुनःस्थापनाका लागि पाँच लाख रुपैयाँ दिन सरकारसँग माग गरेको छ ।

बाढी पहिरो पीडितहरुको उचित बसोबासका लागि तत्कालीन राहत एक लाख रुपैयाँ दिनुपर्ने समेत केन्द्रले जनाएको छ । बाढीपहिरो प्रभावितलाई राहत उपलब्ध गराउनु सरकारको प्रमुख दायित्व भएको ठहर गर्दै केन्द्रले प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्न पार्टी पंक्तिलाई निर्देशन समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.