Breaking News.... EverestOnlineKhabar
May 11, 2026

नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न चिकित्सक संघको माग, अन्यथा कडा आन्दोलन गर्ने चेतावनी

Loading

काठमाडौं । नेपाल चिकित्सक संघले सरकारले हालै नेशनल मेडिकल कलेजलाइ दिएको सम्बन्धन तत्काल खारेज गर्न माग गरेको छ । संघले सोमबार बिज्ञप्ती जारी गरी डा. गोविन्द केसी र सरकारवीचको सम्झौता विपरित सरकारले नेशनल मेडिकल कलेजलाइ सम्बन्ध दिएको भन्दै घोर आपत्ति जनाएको छ ।

संघले राज्यले पटक पटक सम्झौता गर्ने र त्यसको मसी सुक्न नपाउँदै उल्लंघन गर्ने जस्तो अस्वभाविक क्रियाकलाप गरिरहेको भन्दै यस्तो गैरजिम्मेवार निर्णयले समग्र राष्ट्रको गरिमामाथी नै धब्बा लाग्न पुगेको ठहर गरेको छ ।

संघले निर्णय नसच्चाए कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.