Breaking News.... EverestOnlineKhabar
May 11, 2026

नेपाल पत्रकार महासंघ निर्वाचन : १४४९ मत खस्यो, अब मतगणना, रातीसम्ममा परिणाम

Loading

काठमाडौं । नेपाल पत्रकार महासंघको २५औं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न १४ सय ४९ मत खसेको छ । कुल १५ सय १५ प्रतिनिधि भएपनि १४ सय ४९ ले मात्रै मतदान गरेका हुन ।

विहान ९ जेदेखि कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको मतगणना अपरान्ह साढे ४ बजे सकिएको हो । मतदान सकिएपछि अब मतगणनाको तयारी गरिएको छ । प्रज्ञा प्रतिष्ठानमै मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।

पत्रकार महासंघको ४७ सदस्यीय नयाँ कार्यसमितिका लागि १ सय ११ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपालसहित विभिन्न संगठनको गठबन्धनबाट गोविन्द आचार्य उम्मेदवार छन् । त्यस्तै प्रेस चौतारी नेपालसहितका विभिन्न संगठनको गठबन्धनबाट तीर्थ कोइराला अध्यक्षको उम्मेदवार रहेका छन् । उजिर मगर, इन्द्रबहादुर राउत र भावना विद्रोहीले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.