![]()
एजेन्सी । नेपाल चलचित्र उद्योगमै रेकर्ड राख्न सफल मनोरञ्जनात्मक चलचित्र छक्का पञ्जा दोस्रो खुम्बु कोल्च ग्लोबल नेपाली फिल्म अवार्ड प्राप्त गर्न सफल भएको छ ।
अमेरिकाको कोलोराडोको डेनभर शहरमा भएको कार्यक्रममा ‘छक्का पञ्जा’ ले उत्कृष्ट अवार्ड हात पारेको हो । सो चलचित्रकी निर्देशक दिपा निरौला उत्कृष्ट निर्देशक घोषित भइन् । नायक अनमोल केसीले ‘स्टार अफ द इयर’ को उपाधि हात पारे । कार्यक्रममा अभिनेता भुवन केसीको हातबाट अनमोलले उपाधि थापेका थिए ।

केकी अधिकारीलाई उत्कृष्ट अभिनेत्री घोषित गरियो भने आर्यन सिग्देल उत्कृष्ट अभिनेता बने । हास्य कलाकार जितु नेपाललाई उत्कृष्ट सहअभिनेताको विधामा पुरस्कृत प्रदान गरियो ।
कार्यक्रममा अभिनेता टिका पहारीलाई ‘लाईफ टाईम एचिभमेन्ट २०१७’ को विधाबाट सम्मान गरियो । नायक अर्जुनजंग शाही सहित कलाकार सुवर्ण क्षेत्रीले ‘एचिभमेन्ट अवार्ड’ हात पारे ।


