Breaking News.... EverestOnlineKhabar
May 11, 2026

उत्तर कोरियालाइ तर्साउन अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास

Loading

बिबिसि । उत्तर कोरियाबाट हुनसक्ने हमलाको तयारी स्वरुप संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले सोमबारबाट संयुक्त सैन्य अभ्यास गर्ने भएका छन । यस्तो प्रकृतिको सैन्य अभ्यास वर्षमा दुई पटक हुने भएपनि प्योङ्याङ र वासिङटनबीच तनाव चुलिएकाबेला यसपटक अकस्मात उत्तर कोरियालाइ लक्षित गरी हुन लागेको हो ।

अमेरिकाले दक्षिण कोरियासंग संयुक्त अभ्यास गर्ने भएपछि एउटा उत्तर कोरियाली अखबारले अमेरिकाले युद्धको खेल खेलेर ’आगोमाथी प्रजवलनशील पदार्थ खनाइरहेको चेतावनी दिएको छ ।

यसपटकको सैन्य अभ्यास दश दिन भन्दा बढी समयसम्म चल्ने बताइएको छ । तालिम कमाण्ड तहका संरचनाहरुलाई कम्प्युटर प्रविधिको प्रयोग गरी परीक्षण गर्नेमा केन्द्रीत रहनेछ । केही स्थल अभ्यास पनि हुने अपेक्षा गरिएको छ जसमा गैरसैनिकको उद्दार लगायतका पक्ष समेटिने छन ।

अघिल्लो पटकको तुलनामा कम अमेरिकी सैनिकहरु यसपटकको अभ्यासमा सहभागी हुनेछन । तर अमेरिकी रक्षा मन्त्रीले उत्तर कोरियासँगको तनावका कारणले नभइ अभ्यासको आवश्यकताका आधारमा संख्या निर्धारण गरिएको बताएका छन् । यस्ता सैन्य अभ्यासले सधैँ प्योङयाङलाई क्रुद्ध बनाउने गरेको छ ।

वासिङटन र प्योङयाङले हालैका दिनमा एक अर्का विरुद्ध कडा वक्तव्यवाजी गरिरहेका छन् । केहि दिन पहिले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देशलाई हानी पुर्याउन खोजे उत्तर कोरियाले भीषण हमला व्यहोर्नुपर्ने चेतावनी दिएका थिए । त्यस लगत्तै उत्तर कोरियाले प्रशान्त महासागरमा अवस्थित अमेरिकी भुभाग गुआममा क्षेप्यास्त्र आक्रमण गर्ने चेतावनी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.