![]()
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भारत भ्रमणकाक्रममा सीमा क्षेत्रमा हुने डुबानको कुरा उठाउन प्रधानमन्त्री शेरबहादुर देउवालाइ सुझाव दिनुभएको छ ।
सोमबार व्यवस्थापिका संसदको बैठकमा बोल्दै नेता नेपालले भारतका कारण नेपाली क्षेत्रमा हुने डुबानका विषयमा आँटिलो ढंगले कुरा गर्न प्रधानमन्त्री देउवालाइ आग्रह गर्नुभयो । उहाँले सीमा क्षेत्रमा भारततर्फ निर्माण भएको उच्च सडक र बाँधले तराईका जिल्लाहरू डुबानमा परेको विषयमा भारतसंग दृढतापूर्वक कुरा गर्नुपर्ने धारणा राख्नुभयो ।
नेता नेपालले बाढीपीडितहरूलाई सरकारले राहत वितरण नगरी झाराटराइ मात्र गरेको आरोप लगाउनुभयो । उहाँले वन जंगल र चुरेको विनाश हुनुपनि बाढी पहिरोको प्रमुख कारण भएको भन्दै पर्यावरण संरक्षणमा ध्यानदिनुपर्ने धारणा राख्नुभयो ।


