![]()
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अब घरैबाट बिजुलीको बिल तिर्न सकिने व्यवस्था गरेको छ । प्राधिकरणले घरबाटै अनलाइनमार्फत महसुल तिर्न सकिने व्यवस्था गरेपछि प्राधिकरणको शाखा कार्यालयमा गएर लाइन बस्नुपर्ने बाध्यता हटेको छ । प्राधिकरणले सोमबार उर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरी इन्टरनेटमार्फत विद्युत महसुल बुझाउन सकिने जनाएको छ ।
उपत्यकाका केही क्षेत्रमा यो सेवा सोमबारबाटै सुरु गरिएको छ भने १५ दिनभित्र उपत्यकाका सबै ग्राहकले यो सुविधा प्रयोग गर्न सक्नेछन ।
यस्तो महसुल महालक्ष्मी बिकास बैंक, ई सेवा प्राली, प्रभु बैंक, सिएफएस रेमिट प्राली, पेप्वाइन्ट, प्राली र सिटी एक्सप्रेसका जुनसुकै शाखाबाट पनि तिर्न सकिनेछ । साथै प्राधिकरणले हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल क्लीयरिङ हाउससँग पनि सम्झौताकोे तयारी भैरहेको जनाएको छ ।
यस्तो महशुल किओस्क, पोस डिभाइस, मोबाइल एपबाट पनि तिर्न सकिन्छ । पत्रकार सम्मेलनमा बोल्दै ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले अब मिटर रिडिङ पनि कार्यालयबाटै गर्ने तयारी भैरहेको जानकारी दिनुभयो ।सबैतिर स्मार्ट मिटर जडान भएपछि कार्यालयबाटै मिटर रिडिङ हुने उहाँले बताउनुभयो ।


