![]()
काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह अध्यक्ष रहेको हिमानी ट्रष्टले पर्साका ५ सय बाढीपीडित घर परिवारलाइ राहत बितरण गर्ने भएको छ । ट्रष्टले सोमबार बिज्ञप्ती जारी गरी पर्साका बिभिन्न क्षेत्रका ५ सय पीडित परिवारलाई त्रिपाल, चामल, दाल नुन, तेल चिउरा लगायतका राहत सामग्री बितरण गर्ने जनाएको हो ।
राहत बितरण गर्न शाह आफै सो क्षेत्रमा पुग्नु हुने । शाहले ट्रष्टमार्फत देशका बिभिन्न स्थानमा बर्षेनी पीडामा परेका सर्वसाधारणलाइ राहत बितरण गर्दै आउनु भएको छ ।


