Breaking News.... EverestOnlineKhabar
May 11, 2026

राजपाको धम्की: ‘संशोधन प्रस्ताव पास नभए राष्ट्र नै असफल ’

Loading

काठमाडौं । राष्ट्रिय जनता पार्टीले संविधान संसोधन विधेयक पास नभए संविधान कार्यान्वयन हुन नसक्ने चेतावनी दिएको छ ।

व्यवस्थापिका संसदको सोमबारको बैठकमा बोल्दै राजपाका सांसद महेन्द्रराय यादवले सार्वभौम अधिकार, राष्ट्रिय एकता, अखण्डता, आदिवासी जनजाति मधेसी थारुको पहिचानका लागि पनि संविधान संसोधन विधेयक पास हुनैै पर्ने तर्क गनुृभयो । अन्यथा संविधान कार्यान्वय असफल हुने चेतावनी उहाँले दिनुभयो ।

सांसद यादवले सविधानको सर्वस्वीकार्यता र संविधानको सफल कार्यान्वयनका लागि विधेयक पास हुनु जरुरी भएको धारणा राख्नुभयो । ‘बिधेयक असफल भए सिंगो राष्ट्र नै असफल हुन्छ,’ यादवले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.