![]()
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो एक महिनाको तलब बाढी पहिरो पीडितलाई दिनुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीको एक महिनाको तलब बाढीपीडितको राहत, उद्दार र पुनः स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ ।
त्यसैगरी, कोषमा राष्ट्रपतिका विज्ञहरुबाट सात दिनको, राष्ट्रपति कार्यालयका सचिवहरु (स्वकीय सचिव समेत) बाट पाँच दिनको, सहसचिवहरु (स्वकीय समेत) बाट तीन दिनको, उपसचिव तथा शाखा अधिकृतहरु (स्वकीय समेत)बाट दुई दिनको तथा सहायकस्तरका सबै कर्मचारीहरु(स्वकीय समेत)बाट एक दिनको तलव बराबरको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


