![]()
काठमाडौं । केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले ३३ किलो सुन तस्करीका नाइके राजनप्रसाद पन्तलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याएको छ ।
व्युरोले गत पुस २१ गते ३३ किलो सुनसहित तीन जनालाई अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा पक्राउ गरेपछि यो विषय राष्ट्रिय चर्चामा आएको थियो । अनुसन्धानकाक्रममा प्रहरीले तस्करीमा संलग्न मुख्य योजनाकारहरु दुबईमा रहेको सूचना पाएपछि अनुसन्धान झन गहिरो बनाएको थियो । व्युरोले दुवइको प्रहरीसँग समन्वय गरी पक्राउको प्रयास गरिररहेको थियो । पन्तलाइ पक्राउ गर्न प्रहरीले रेड कर्नर नोटिस नै जारी गरेको थियो ।
लामो प्रयासपछि पक्राउ परेका पन्तलाई प्रहरीले आज काठमाडौं पुर्याएको हो । सुन तस्करका अन्य नाइकेमा हरिशरण खड्का, भोला मगर भने अझै फरार छन ।
सीआइबीले गत पुस २१ गते बिमानस्थलबाट बाहिरिएको ३३ किलो सुनसहित गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्लेलाई पक्राउ गरेको थियो ।


