Breaking News.... EverestOnlineKhabar
May 11, 2026

प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव आगामी मंसिर १० गते एकै चरणमा

Loading

काठमाडौं । सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव आगामी मंसिर १० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधिसभाको चुनाव एउटै मितिमा गर्ने निर्णय गरेको हो । यसअघि प्रमुख दलहरुबीच दुवै निर्वाचन एकै मितिमा गर्ने निर्णय भएको थियो । सोही बमोजिम सरकारले निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

यसअघि निर्वाचन आयोगले दुई चरणमा चुनाव गर्ने गरी मंसिर ४ र २१ को मिति प्रस्ताव गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.