Breaking News.... EverestOnlineKhabar
June 26, 2026

नेइमार चम्केपछि पिएसजीको शानदार जित……

Loading

एजेन्सी,५ भदौ ।
नेइमारको उत्कृष्ट प्रदर्शनसँगै आइतबार राति भएको खेलमा पिएसजीले तुलुजमाथि ६–२ को शानदार जित हासिल गरेको छ । पिएसजीमा अनुबन्धित भएपछि नेइमार होमग्राउण्डमा पहिलो पटक उत्रिएका थिए ।
खेलको १८ औँ मिनेटमा तुलुजका लागि म्याक्स गार्डेल गोल गर्दै अग्रता दिलाएका थिए । तर खेलको ३१ औँ मिनेटमा पिएसजीका लागि नेइमारले गोल गर्दै बराबरी बनाएका थिए । नेइमारले दोस्रो हाफको अतिरिक्त समयमा थप एक गोल गरेका थिए ।
यो सँगै उनले फ्रेन्च लिग (लिग वान) को यो सिजनमा ३ गोल पुर्‍याएका छन् । पिएसजीका लागि एड्रियन रेबिओटले ३५ औँ मिनेटमा, एडिन्सन काभानीले पेनाल्टीमार्फत ७५ औँ मिनेटमा, जेभियर पास्तोरले ८२ औँ मिनेटमा र कुर्जावाले ८४ औँ मिनेटमा एक–एक गोल गरेका थिए ।
पिएसजीकै खेलाडी थिएगो सिल्भाले भने ७८ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । अहिलेसम्म तीन खेल नै जितेर पिएसजी ९ अंकका साथ गोलअन्तरले अंकतालिकाको शिर्षस्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed