Breaking News.... EverestOnlineKhabar
May 10, 2026

अमेरिकाको बोस्टनमा दक्षिणपन्थीबिरुद्ध प्रदर्शन

Loading

बिबिसि । अमेरिकाको बोस्टन शहरमा उग्र दक्षिणपन्थीहरुले अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै आयोजना गरेको र्यालीको विरोधमा दशौँ हजारले प्रदर्शन गरेका छन् । उनीहरुको संख्या र नाराका कारण सम्बोधनको योजना स्थगित गरि र्याली बिचमै रोकिएको थियो ।

एक हप्ताअघि भर्जिनियामा गोरा सर्वोच्चतावादी र जातिवाद विरोधीबीच भएको झडपमा एक महिलाको ज्यान गएपछि फेरि त्यस्तो घटना दोहोरिन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । बोस्टनमा प्रहरीले दुई समूहको बीचमा फराकिलो सुरक्षा घेरा कायम गरेका थिए ।

दक्षिणपन्थी वक्ताहरुको कार्यक्रममा बोस्टन कमनमा भन्ने स्थानमा नै खुम्चिएको थियो । त्यसमा थौरै मानिसहरु जम्मा भएका थिए र उक्त कार्यक्रमलाई चाँडै अन्त्य गरी सहभागीहरुलाई प्रहरीले सुरक्षा दिएर बाहिर पठाएका थिए । अघिल्लो हप्ता भर्जिनियामा भएको प्रदर्शनले हिंसात्मक स्वरुप ग्रहणगरेपछि अमेरिकामा तनाव बढिरहेको छ ।

बोस्टनका आयोजकहरुले जातिवाद र घृणावादलाई आफूहरुले कुनै स्थान नदिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.