![]()
काठमाडौं । श्रीलंकाको सर्वोच्च अदालतका प्रधान्यायाधीश प्रियासाथ डेपले काठमाडौं थानकोटस्थित चन्द्रागिरिको भ्रमण गरेका छन । भ्रमणमा क्रममा डेपले भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि अवलोकन गरे ।
प्रियासाथलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गराइ परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।
डेपले चन्द्रागिरि क्षेत्र आफूलाई निकै सुन्दर र स्वच्छ लागेको बताए ।


