Breaking News.... EverestOnlineKhabar
May 11, 2026

प्रधानमन्त्रीको भारत भ्रमण तयारी : बालुवाटारमा पूर्वप्रधानमन्त्रीहरुसंग परामर्श

Loading

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफनो आसन्न भारत भ्रमणको तयारी तिव्र पार्नुभएको छ । शनिवार बिहान राष्ट्रपतिसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसंग परामर्श गर्नुभएका प्रधानमन्त्री देउवाले साँझ पूर्वप्रधानमन्त्रीहरुसंग परामर्श गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्रीहरुसँग भ्रमणका क्रममा उठाउनुपर्ने विषयमा सुझाव लिनुभएको हो । पूर्वप्रधानमन्त्रीको भारत भ्रमणको अनुभवका आधारमा सल्लाह सुझाव लिन प्रधानमन्त्रीले छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ ।

बैठकमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री माधव नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द उपस्थित हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.