![]()
काठमाडौं । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुुर बस्नेतले सूचना प्रविधिको प्रयोग अत्यधिक बढाउनुपर्ने बताउनु भएको छ ।
नेटिस आईसीटी अवार्ड २०१७ वितरण कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले २१औं शताब्दीमा जति बढी सूचना प्रविधिको प्रयोग हुन सक्यो त्यति नै मुलुकले फड्को मार्ने बताउनुभयो ।
उहाँले समारोहमा ३ प्रडक्टलाई आइसीटी प्रडक्ट अवार्ड वितरण गर्नुभयो ।
आइटेक नेपालको एभरेष्ट कास्ट, पाइला टेक्नोलोजीको परी रोबोट र सिमान्टेक क्रियसनको नेपाल भिआरलाई अवार्ड प्रदान गरिएको थियो । त्यसैगरी समारोहमा उत्कृष्ट आईसीटी स्टार्टअपको अवार्ड बसोबास नेपाल प्रालि, पाइला टेक्नोलोजी र जेफ्टवेयर सोलुसन्स प्रालिले प्राप्त गरेका थिए ।


