![]()
काठमाडौं । न्यु डायमण्ड एकेडेमीलाई सुभम सिमेन्टले एक बर्षसम्म मुख्य प्रायोजन गर्ने भएको छ । शनिवार काठमाडौंमा विशेष कार्यक्रमकाबीच दुवै पक्षबीच एक बर्षको सम्झौता भएको हो ।
सुभम सिमेन्टले विद्यालयस्तरीय भलिवल टिम न्युडायमण्डसंग ८ लाख रुपैयाँमा एक बर्षको प्रायोजन सम्झौता गरेको हो । न्युडायमण्डका प्रिन्सिपल तथा प्रशिक्षक कुमार राई र सुभम सिमेन्टका सेल्स एण्ड मार्के्टिङ उपाध्यक्ष सजन देवकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।
सम्झौता अनुसार न्युडायमण्ड एकेडेमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सुभम सिमेन्टको लोगो अंकित जर्सी लगाएर खेल्नेछ । न्युडायमण्ड एकेडेमीको अगाडी शुभम थपिनेछ । सम्झौता वापत सुभम सिमेन्टले न्युडायमण्डलाई ३ लाख रुपैया बराबरीको खेल सामाग्री र ५ लाख रुपैयाँ नगद रकम प्रदान गर्नेछ । यस्तै, न्युडायमण्डले एउटा राष्ट्रिय प्रतियोगिताको आयोजना गर्ने र सो प्रतियोगिताको मुख्य प्रायोजक सुभम सिमेन्ट हुनेछ ।


