Breaking News.... EverestOnlineKhabar
August 14, 2026

बाढीपीडितको उद्दार र राहतमा युवा संघको सक्रियता, सप्तरीमा सरसफाइदेखि राहत बितरणसम्म (फोटो फिचर ) 

Loading

सप्तरी । नेकपा एमाले निकट युवा संघ बाढीपीडितको उद्दार र राहतका लागि तराई मधेशमा सक्रिय भएको छ । युवा संघ नेपाल र सप्तरी युथ नेपालको संयुक्त आयोजनामा जिल्लाका बिभिन्न स्थानमा सरसफाइदेखि राहत बितरणका कामहरु धमाधम भैरहेका छन ।

जिल्लाको डुमरी शिबधान लगायत विभिन्न ठाउँहरुमा बाढीका कारण मुत्यु भएका जनावरको ब्यबस्थापन र सरसफाइ गरिएको छ । यस्तै, विभिन्न कीरा र सर्पको बिगबिगी रोक्न किटनाशक औषधी बिभिन्न ठाउँमा छरिएको छ ।

संघले बाढीले बिगारेको बाटो बनाउने काम पनि सुरु गरेको छ । युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, सचिब नरेश शाही, स्थायी कमिटी सदस्य प्रभात बिक्रम कटबाल, युवा संघ नेपाल सप्तरी नगरपालिका कमिटीका अध्यक्ष दिपक यादव ,सप्तरी युथका पुर्ब अध्यक्ष विष्णु यादव लगायत स्वयंसेवामा खटिनु भएको छ ।

सप्तरीको कार्यक्रममा स्थानाीय युवा र स्थानीय जनताको निकै बाक्लो उपस्थित थियो । युवा संघका नेताहरुले स्थानीय जनताका समस्या तथा गुनासो पनि सुनेका थिए । उनीहरुले स्थानीय जनताको गुनासोलाइ केन्द्रसम्म पुर्याउने बचन दिएका छन ।

संघले सरकारी निकायले कार्य शैली निकै सुसत भएकाले छिटो भन्दा छिटो बाढी प्रभावित क्षेत्रमा काम गर्न आग्रह समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed