Breaking News.... EverestOnlineKhabar
May 11, 2026

लामो अनसनपछि तङग्रिदै गरेका केसीको चेतावनी : ‘चिकित्सा शिक्षा बिधेयक अघि नबढाउनू ’

Loading

काठमाडौं । लामो अनसनपछि भर्खर तङग्रिदै गरेका प्रा. डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयक अघि नबढाउन चेतावनी दिनुभएको छ । शनिवार बिज्ञप्ती जारी गर्दै डाक्टर केसीले अहिलेकै अवस्थामा विधेयक पारित गर्ने प्रयास भए पुनः सत्याग्रहसहित विरोधका कार्यक्रम शुरु गर्ने चेतावनी दिनुभएको ।

केसीले आफनो बिज्ञप्तीमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले पास गरेको विधेयक ‘माफियामुखी संस्करण’ भएको उल्लेख गर्नुभएको छ ।

यो विधेयक जालझेलपूर्वक पारित गर्ने प्रयास गर्न थालिएकोमा उहाँले आपत्ती जनाउनु भएको छ । ‘माथेमा प्रतिवेदनका साथै हामीले दिएका सुझावहरु नसमेटिएसम्म ऐन कुनै पनि हालतमा स्वीकार्य हुँदैन ।’ बिज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.