Breaking News.... EverestOnlineKhabar
May 11, 2026

इलामका रगुन गुरुङको दोस्रो गीति संग्रह बजारमा आउँदै, एउटा गीतको भिडिओ भने सार्वजनिक

Loading

इलाम । इलामका गायक रगुन गुरुङ गायनमा मात्र नभइ अध्यापन र समाजसेवामा पनि उत्तिकै सक्रिय छन । केही ने केही सृजनात्मक काम गरिरहनु  उनको विशेषता हो ।

पछिल्लो समय समग्र साङ्गितिक क्षेत्रमै गीत संगितको उत्पादन निकै कम भैरहेकाबेला गुरुङ भने आफनो दोस्रो एल्बमको तयारीमा छन । उनका अनुसार एल्बम निकाल्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

गुरुङले आफनो नयाँ एल्बममा ६ वटा गीत रहने जानकारी दिए । केही दिनमै नयाँ एल्बम सार्वजनिक गर्ने तयारी गरेका गुरुङले एउटा गीतको स्टुडियो रेकर्डिङको भिडियो भने सार्वजनिक गरेका छन । कुमार बिबाहितको शब्द रचना र नारायण सुवेदीको संगीत रहेको उक्त गीतको बोल छेउमा आए बोलाए .. .रहेको छ । उनको यो गीत यू ट्य्वमा हेर्न सकिन्छ ।

गुरुङले यसअघि २०७२ सालमा एसीयन म्युजिकबाट ‘प्रियता’ नामक एल्बम निकालेका थिए । आफनो नयाँ एलबममा गुरुङ्गले बिपिन किरण र तुलसी बस्नेतको शब्दा तथा नारायण सुवेदी आभास , आसुसेन लामा , कृष्ण भक्त राई लगायतको संगीत लिनु भएको छ । उनलाई दुइवटा गीतमा गायिका मेलिना राई र निकिता थापाले युगल गायनमा साथ दिएका छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.