![]()
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवमा पूर्व प्रधानमन्त्री केपी ओलीले संविधान संशोधन बिधेयक पारित नहुने बताउनु भएको छ । आफूलाइ भेटन आएका युरोपियन युनियनको ’डेमोक्रेसी एन्ड इलेक्ट्रोरल अब्जरभेजन डिभिजन’ का प्रमुख निकोले पाउसको टोलीसंग कृुरा गर्दै अध्यक्ष ओलीले संशोधन बिधेयक राष्ट्रहीतमा नभएकाले आफूहरुको समर्थन नभएको स्पष्ट पार्नुभयो ।
भेटमा अध्यक्ष ओलीले नेपालको राजनीतिक अवस्था, निर्वाचनमा भएका धाँधलीका विषय, निष्पक्षतामा उठेका प्रश्न, संविधान संशोधन, राष्ट्रियता लगायतका विषयमा आफ्ना कुरा राख्नु भएको थियो ।
इयुको टोलीले नेपालको निर्वाचन प्रक्रियामा सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् । निर्वाचन पर्यवेक्षण र अनुगमनमा सरकारले आफूहरूलाई भूमिका नदिएको उनीहरुको गुनासो थियो ।


