Breaking News.... EverestOnlineKhabar
August 15, 2026

नवलपरासीमा भारतीय बाँध भत्काउने स्थानीयवासीको प्रयास, प्रशासनले बल्लतल्ल रोक्यो

Loading

नवलपरासी । व्यवस्थापिका संसद्को बैठक लगायत चौतर्फी भारतीय बाँधका कारण मुलुकको तरार्ई क्षेत्र डुबानमा परेकाले बाँध भत्काउनुपर्ने आवाज उठिरहेकाबेला नवलपरासीका जनताले भने बाँध नै भत्काउने प्रयास गरेका छन ।

पश्चिम गण्डक नहरका कारण आफ्नो घर र खेतबारी डुबानमा परेको भन्दै सुस्ताबासीले भारततर्फ जाने नहरको बाँध भत्काउन खोजेका हुन । स्थानीय प्रशासनले ठूलो कसरत नगरेको भए बाँध भत्कने निश्चित थियो । प्रशासनले निकासका लागि भारतसँग कुरा गर्ने भनी तीन दिनको समय मागेपछि स्थानीयवासी फर्किएका थिए ।

केही युवाले गण्डक नहरको ३ देखि ४ मिटरजति बाँधमा क्षति पुर्याइसकेका छन । बाढीका कारण नवलपरासीको सुस्ता १ र २ डुबानमा परेको थियो । स्थानीयवासी फलामे पुल नजिकै नहरको बाँध भत्काउन खोजेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed