Breaking News.... EverestOnlineKhabar
May 11, 2026

हजमा सहभागी हुने कतारका मुस्लिम धर्मावलम्वीका लागि साउदी अरब लचिलो, सीमा खुल्ला 

Loading

बिबिसि । साउदी अरबले कतारका मुस्लिम धर्मावलम्वीका लागि नाका खुल्ला गर्ने भएको छ । मक्कामा हुने हजमा सहभागि हुन चाहने कतारका धर्मावलम्बीलाई प्रवेश खुल्ला गरिने साउदी अरबले जनाएको छ ।

मुश्लिम समुदायलाइ प्रवेश खुल्ला गर्ने विषयमा कतारका राजकुमार मोहम्मद बिन सल्मान अल साउद र कतारी शिख अब्दुल्लाह बिन अलिन बिन अब्दुल्लाह बिन जसिम अल थानीबीच वार्ता भएपछि साउदीले यो निर्णय लिएको हो । साउदीले हजमा सहभागि हुन चाहाने कतारीले सल्वा बोर्डरबाट आउजाउ गर्नसक्ने भन्दै बिज्ञप्ती जारी गरिसकेको छ ।

हज गर्न जानेहरुका लागि कुनै किसिमको विद्युतीय अनुमति आवश्यक नरहने उल्लेख गरिएको छ । मुस्लिम धर्मावलम्वीका लागि हवाई सेवा समेत खुल्ला गरिएको छ ।

साउदी अरबलगायत ४ वटा मुलुकले गत जुनयता कतारसँग सबै खालको सम्बन्ध बिच्छेद गरेका छन् । कतारले आतंकवादलाई आर्थिक सहयोग गरिरहेको उनीहरुको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.