Breaking News.... EverestOnlineKhabar
May 10, 2026

पोखरा नगर क्षेत्रका बसमा जिपिएस (सोलुसन) प्रणाली

Loading

काश्की । पोखरा नगर क्षेत्रभित्र सञ्चालन भइरहेका बसमा जिपिएस (सोलुसन) प्रणाली जडान गरिएको छ । पोखरा बस व्यवसायी समितिले नगरबसको अवस्थाका बारेमा कार्यालयबाटै जानकारी होस् भन्ने उद्देश्यले उक्त प्रणाली लागू गरेको हो ।

कहिलेकाहीँ तोकिएको रुटमा बस नचली अन्यत्रै चल्ने, यात्रु कम भए भनेर बीचबाटोबाटै फर्काउनुपर्ने, तोकिएको गतिमा गाडी चलेको नहुने लगायतका विषयमा गुनासो आएपछि यो प्रणाली लागु गरिएको हो ।

प्रणाली लागु भएसंगै अब सवारी धनीले आफ्नो मोबाइलबाटै जानकारी पाउने, बस दुर्घटनामा परे वा अरु कसैलाई ठक्कर दिए सजिलैसँग घटनाको वारेमा र बसको नम्बर पत्ता लगाउन सजिलो हुने जनाइएको छ ।

यो प्रणाली ८० लाख रुपैयामा जडान गरिएको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.