![]()
काठमाडौं । यू १५ साफ च्याम्पियनसिप प्रतियोगिता शुक्रवारबाट काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिताको पूर्व सन्ध्यामा नेपाली टिमका प्रशिक्षक सुनील श्रेष्ठले पत्रकार सम्मेलन गरी उपाधि जित्ने दावी गरेका छन । नेपालको समूहमा माल्दिभ्स, भारतजस्ता बलिया टोली भएपनि उनीहरुलाइ हराएर फाइनलमा पुग्ने उनको दावी छ ।
नेपाली टोलीका अधिकांश खेलाडीहरु एन्फा एकेडेमीका छन् । नेपाली टोलीका कप्तान रोशन थापामगरले लामो समयदेखिको तयारी रहेको र टिमका सबै सदस्यले शतप्रतिशत खेले उपाधि जित्न कठिन नरहेको बताए ।
प्रतियोगिताको उदघाटन खेल समूह ए का बंगलादेश र श्रीलंकाबीच हुनेछ । समूह बी मा रहेको नेपालले आफ्नो पहिलो खेल शनिबार माल्दिभ्ससँग खेल्नेछ ।


