![]()
काठमाडौं । राप्रपा बिभाजन गरी राप्रपा प्रजातान्त्रिक गठन गरेका पशुपतिशम्शेर राणा र राप्रपाका अध्यक्ष कमल थापाका गतिविधि निकै रोचक हुन थालेका छन । निर्वाचन आयोगले भदौ ४ गते भित्र केन्द्रीय सदस्यहरुको सनाखत गरिसक्न म्याद दिएपछि थापाले केन्द्रीय समितिको बैठक हेटौंडामा राखेका छन । अध्यक्ष थापा र राणाबीच अहिले केन्द्रीय सदस्य तानातानको प्रतिष्पर्धा छ । राणाले एक–एक गरी आफना केन्द्रीय सदस्य तान्न थालेपछि त्यसबाट बच्न थापाले हेटौंडामा केन्द्रीय समिति बैठक बोलाएका हुन । थापाले भदौ ४ गतेसम्म नै बैठक चलाउने निश्चित गरिसकेका छन ।
बैठकमा संसद्मा दर्ता भएको संविधान संशोधन, क्षेत्र नं २ मा हुने स्थानीय निर्वाचन, आगामी मंसिर महिनाभित्र हुने प्रदेश र केन्द्रीय संसद्को निर्वाचन हुने विषय, मुलुकमा बढ्दै गएको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी विभाजन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
यता, राप्रपा प्रजातान्त्रिक गठन गरेका राणा र उनका सहयोगीहरुले भने बढी भन्दा बढी केन्द्र्रीय सदस्यलाइ आफूतीर तान्ने प्रयास गरिरहेका छन ।


