![]()
बिबिसि । चिनियाँहरुले इक्वेडरको गलापागोस टापुको संरक्षित क्षेत्रबाट लोपोन्मुख शार्क माछा मारेको आशंका गरिएको छ । फु युआन यु लेङ ९९९ डुङ्गामा तीन सय टन माछा भेटिएपछि लुकिछिपी लोपोन्मुख माछा मारेको शंका बढेको हो । शार्कको संरक्षित प्रजाति ह्यामरहेड्स पनि मारेको भेटिएको छ ।
डुङ्गामा रहेका करिब बीस जनामाथि छानबिन भैरहेको छ । उनीहरु दोषी ठहरिए तीन वर्षसम्मको लागि जेल जानेछन ।
जैविक विविधतामा धनी गलापागोस टापु समुह युनेस्कोको सम्पदा क्षेत्र हो ।
इक्वेडरका वातावरण मन्त्री टारसिसियो ग्र्या्निसोले डुङ्गाका सदस्यहरुलाई अदालतको प्रक्रिया पूरा नभएसम्म थुनामा राख्न आदेश दिएका छन् ।
गलापागोस नेशनल पार्कका निर्देशक वाल्टर बुस्टोसले इक्वेडरको अखबार एल युनिभर्सोलाई भने अनुसार उक्त डुङ्गा संरक्षित समुन्द्री संरक्षित क्षेत्रमा अहिलेसम्म पक्राउ गरिएको मध्ये सबभन्दा ठूलो हो।
सन २०१५ मा इक्वेडरको प्रहरीले २ लाख शार्कका पँखेटा एशियामा निर्यात गर्न लागिएका बेला नियन्त्रणमा लिएको थियो । शार्कको पखेटा चिनियाँ पकवान्नमा असाध्यै महत्वपूर्ण मानिन्छ । विशेष भोज अर्थात ब्यांकेटहरुमा सार्कका पखेटाको सुप खुवाइन्छ ।


