Breaking News.... EverestOnlineKhabar
May 11, 2026

एमालेको भ्रातृ संगठन युवा संघको महाधिवेशन अशोज २२–२४ गतेसम्म, अध्यक्ष पहारीको संयोजकत्वमा मुल आयोजक समिति गठन

Loading

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघको नवौं राष्ट्रिय महाधिबेसन आगामी असोज २२ गतेदेखि २४ गतेसम्म हुने भएको छ ।
युवा संघको स्थायी समिति बैठकले महाधिबेसन मिति तय गरेको हो ।

महाधिबेसन सम्पन्न गर्न अध्यक्ष राजिव पहारीको संयोजकत्वमा महाधिबेसन मुल आयोजक समिति पनि गठन गरिएको छ । जसमा दिलु पन्त सहसंयोजक, किरण पौडेल महासचिव, संघका पदाधिकारी, केन्द्रीय सदस्यहरु, आयोगका सदस्यहरु, प्रदेश र जिल्ला कमिटिका सदस्यहरु सदस्य रहेका छन् ।

उपत्यकाको हकमा भने जिल्ला, महानगर,उपमहानगर, नगर र निर्वाचन क्षेत्रिय कमिटि रहेको मुल व्यवस्थापन समिति गठन भएको छ ।
महाधिबेसनको मुल नारा ‘सुखी नेपाली र सम्मृद्ध नेपाल निर्माणका लागि अवको युवा अभियान, राष्ट्रिय स्वाभिमान र संविधानको पुर्ण कार्यन्वयनको पक्षमा नवौ राष्ट्रिय महाधिबेसन’ रहेको छ ।

त्यस्तै युवा संघले प्रादेशिक कमिटिका संयोजक र सहसंयोजकको जिम्मेवारी पनि तोकेको छ । जसअनुसार, प्रदेश नम्बर १ को संयोजकमा परशुराम बस्नेत र सह–संयोजकमा हिमाल लिम्बु रहेका छन् ।

प्रदेश नम्बर २ मा क्रमश मन्जु यादव र राममणि मिश्र छन् । त्यस्तै ३ मा प्रकास गौतम र नितेश पौडेल छन् । ४ मा क्रान्ति बुर्लाकोटी र शिव पौडेल ५ मा मनोहर बुढाथोकी र सरिता शिशिर छन् । ६ र ७ मा क्रमशः हस्त शाही, निपेन्द्र महत तथा नरेश शाही र गजेन्द्र शाही रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.