![]()
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सप्तरीको बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्नुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रचण्डसँगै गृहमन्त्री जनार्दन शर्मा र आपूर्ति मन्त्री शिवकुमार मण्डलपनि साथमै जानु भएको थियो । दाहालसहितको टोलीले जिल्लाको हनुमान नगर ,कंकालिनी नगरपालिकाको इनर्वा र राजविराज नगरपालिका १५ देउरी भरुवाको निरीक्षण गरेको थियो ।
निरीक्षणकाक्रममा बाढी पीडितहरुसंग कुरा गर्दै अध्यक्ष दाहालले राहतमा कुनै कमी हुन नदिने आश्वासन दिनुभयो । उहाँले तराई मधेस, हिमाल, पहाड जहाँका जनता भएपनि परेको बेला एकले अर्कालाई सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । साथै, बाढी पीडितलाइ दिने राहत रकम बढाउन आफूले पहल गर्ने पनि उहाँले बताउनुभयो ।
त्यक्रममा गृहमन्त्री जनार्दन शर्मा र आपूर्ती मन्म्त्री शिवकुमार मण्डलले सरकार इमान्दारीपूर्वक बाढीपीडितका लागि काम गरिरहेको बताउनु भएको थियो । बाटो अभावका कारण वितरणमा ढिलाई भइरहेकाले केही दिन धैर्य गरिदिन उहाँहरुले आग्रह गर्नुभयो ।


