Breaking News.... EverestOnlineKhabar
May 11, 2026

नयाँ शक्ति पार्टीमा एकपछि अर्को कचिङ्गल, नेता झा र शर्मा निष्कासित

Loading

काठमाडौं । मुलुकको बैकल्पिक राजनीतिक शक्ति बन्ने भनेर खोलिएको नयाँ शक्ति पार्टी दिनप्रतिदिन क्षयीकरण हुन थालेको छ । पार्टी प्रवक्ता खिमलाल देवकोटाले पदबाट राजीनामा दिएको केही दिन नबित्दै संगठन बिभाग प्रमुख देवेन्द्र पौडेल लगायतका नेताहरुले पत्रकार सम्मेलन नै गरेर आफूहरु निराश भएको प्रतिक्रिया दिए । लगत्तै उनीहरुमाथि स्पष्टीकरण सोधियो । पौडेल लगायतका नेताहरुले स्पष्टीकरण बुझाउँदै आफनो हैसियतलाइ कम नआँक्न नेतृत्वलाइ चुनौती दिएका छन । पौडेल लगायतका नेताहरु पुरानै पार्टी नेकपा माओवादी केन्द्रमा फर्कने चर्चा छ ।

अहिले फेरि नयाँ शक्ति पार्टीले पार्टीका सहसंयोजक रामचन्द्र झा र संघीय मामिला तथा व्यवस्थापन विभागका संयोजक रामकुमार शर्मालाइ पार्टीबाट निष्कासन गरेको कुरा बाहिर आएको । झा र शर्मा दुवै जना नेकपा माओवादी केन्द्रमा फर्कने निश्चित भैसकेकाबेला यो कारवाहीको के अर्थ !

यसैसाता जनकपुरमा कार्यक्रमको आयोजना गरेर उनीहरुलाई पार्टी प्रवेश गराउने माओवादी तयारी छ ।

स्थानीय तह निर्वाचनमा पार्टीले नराम्रोसंग पराजय भोगेपछि पार्टीकै जिम्मेवार तहका नेता निराश भएका छन । उनीहरुले पार्टी संयोजक डा. बाबुराम भट्टराईको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै उनको नियतमाथि समेत प्रश्न उठाउने गरेका छन ।

संयोजक डा. भट्टराईले भने बैकल्पिक शक्ति निर्माणको अभियानमा आफू प्रतिबद्ध रहेको बताउने गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.