Breaking News.... EverestOnlineKhabar
August 12, 2026

पाँच बर्षमा बसन्तपुरको नौतले दरवार जस्ताको त्यस्तै बन्ने

Loading

काठमाडौं । भूकम्पले क्षतिग्रस्त विश्वसम्पदा सूचीमा सूचीकृत बसन्तपुरको नौतले दरबारको पुनर्निर्माण सुरु भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र नेपालका उपप्रधानमन्त्री कृष्णबहादुर महराले आज बिहान एक समारोहकाबीच दरवार पुनर्निर्माणको सुभारम्भ गर्नुभयो ।

विसं २०७२ को विनाशकारी भूकम्पले क्षति पुर्याएको दरबार दुई वर्षपछि चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा बन्न लागेको हो ।
कार्यक्रममा चीनका वाणिज्य उपमन्त्री तथा अन्तरराष्ट्रिय व्यापार उपप्रतिनिधिले नेपालको ऐतिहासिक सम्पदा पुनर्निर्माणको अवसर पाएकामा खुसी व्यक्त गर्नुभयो ।

चीनले पाँच वर्षमा करिब १५ करोड रुपैयाँको लागतमा दरवार पुनर्निर्माण गरिसक्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed