Breaking News.... EverestOnlineKhabar
May 11, 2026

संशोधन विधेयकमा आजदेखि छलफल सुरु हुने,बिहीबारसम्म निर्णयार्थ पेस गर्ने तयारी…..

Loading

काठमाडौ,३१ साउन ।
संसदमा विचाराधीन संविधान संशोधन विधेयकमाथि आजदेखि छलफल हुने भएको छ । आज बस्ने संसद बैठकमा विधेयक अघि बढाउने सरकारको तयारी छ। विधेयकमा परेका संशोधनमाथिको छलफल सकिएपछि निर्णयार्थ पेस गरिन्छ। संशोधन विधेयक पारित हुन दुईतिहाइ बहुमत चाहिन्छ। यसअघि वैशाख १७ गते संविधान संशोधन विधेयक निर्णयार्थ पेस गर्ने सरकारको तयारी रहे पनि राप्रपाका १० जान सांसद अनुपस्थित भएपछि विधेयक अघि बढेको थिएन।
अहिले पनि संविधान संशोधनका पक्षमा दुईतिहाइ बहुमत पुग्न कठिन छ। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधन विधेयक जसरी पनि संसदमा निर्णयार्थ पेस गर्न दबाब दिएपछि सरकार तयार भएको हो। मंगलबारदेखि संशोधन विधेयकमा छलफल हुने र बिहीबारसम्म संसदमा निर्णयार्थ पेस हुने आश्वासन सरकारले दिएको राजपाका महासचिव केशव झाले बताए । उनले सांसदहरुको उपलब्धता हेरेर निर्णयार्थ पेस हुने मिति तय हुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.