![]()
पोखरा,३१ साउन ।
फेवाताल किनारको तत्कालिन राजपरिवारको रत्न मन्दिरको सुरक्षार्थ खटिएका एक सैनिकले आफ्ना सहकर्मीको गोली हानी हत्या गरेका छन । दार्चुला घर भई प्युठ पदमा कार्यरत बसन्त लोहारले बैतडी घर भएका गणेश विष्टको सोमबार राति हत्या गरेको सुरक्षा स्रोतले जनाएको छ ।
स्रोतले भन्योः‘आपसी मनमुटावका कारण गोली हानेको प्रारम्भिक रुपमा देखिएको छ,सबै विवरण आईसकेको छैन ।’ गोली हान्ने लोहार सैनिक नियन्त्रणमा छन् भने मृतकको शव अस्पताल लगिए पनि कुन अस्पताल भन्ने खुलेको छैन ।
यहाँको फुलबारीस्थित सिद्धिबक्स गणबाट रत्न मन्दिरको सुरक्षा हुँदै आएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । घटनाको सुक्ष्म छानविन भईरहेको सुरक्षा स्रोतले जनाएको छ ।


