Breaking News.... EverestOnlineKhabar
May 11, 2026

बिद्यासुन्दरलाइ समाज र समय बुझेर चल्न एमाले महासचिव पोखरेलको सुझाव

Loading

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखलले काठमाडौ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यलाइ जनताको भावना र समय बुझेर निर्णय गर्न सुझाव दिनुभएको छ । काठमाडौमा सोमबार संगठन सुदृढिकरण जनपरिचालनको सुभारम्भ गर्दै महासचिव पोखरेलले मेयरले मोवाईल किन्नु ठिक भएपनि समय उपयुक्त नभएको टिप्पणी गर्नुभयो ।

महासचिव पोखरेलले एमालेका क्षेत्रीय कमिटिहरु सक्रिय नभएको भन्दै आक्रोश समेत पोख्नुभयो । क्षेत्रीय कमिटिहरु कोमामा रहेको भन्दै उहाँले गुटका कारण सातआठ बर्षसम्म सम्मेलन नहुनु दुःखद भएको बताउनुभयो । गुटकै कारण स्थानीय तहममा सोचेजति सफलता हासिल गर्न नसकिएको उहाँले बताउनुभयो ।

एमालेभित्र गुट र प्यानल मौलाएको भन्दै महासचिव पोखरेलले भन्नुभयो ‘नेताहरू नै विधिविधान मिचेर चल्छन् कार्यकर्ताको त के कुरा ?’
महासचिव पोखरेलले अधिकांश कर्मचारीहरूले अहिलेको परिवर्तन नरुचाएको आरोप लगाउँदै कर्मचारीतन्त्र परम्परावादी भएको टिप्पणी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.