![]()
काठमाडौं । तराई मधेशलाइ आफनो राजनीतिको आधार क्षेत्र बनाएका राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुले ढिलै भएपनि तराइ मधेशका बाढी पीडितहरुका बारेमा निर्णय गरेका छन । पूर्वी तराईदेखि पश्चिम तराईमा बाढी र डुबानले मानविय नोक्शानी गर्नुकासाथै जनजीवन अस्तव्यस्त पारेकाबेला राजपाका नेताहरु भने मौन देखिएका थिए । समाजिक संजाल लगायत बिभिन्न माध्यमबाट राजपा नेताहरुको चर्को आलोचना भएपछि बल्ल उनीहरु केही चिन्तित देखिएका छन ।
राजपा नेपालका सांसदहरुले एक महिनाको पारिश्रमिक तराई मधेसका बाढी पीडितलाई दिने घोषणा गरेका छन् । सोमबार बसेको राजपा सांसदहरुको बैठकले एक महिनाको तलब दिने निर्णय गरेको हो ।
निर्णयअनुसार सांसदहरुले एउटा कोष खडा गरेर एक महिनाको पारिश्रमिकका साथै अरु सुभेच्छुकसँग संकलन गरेर पीडितको राहतमा खर्च गर्नेछन् ।
बैठकले बाढी पीडितको राहत तथा उद्दारकार्य प्रभावकारी बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई मंगलबार ज्ञापनपत्र बुझाउने पनि निर्णय गरेको छ ।


