Breaking News.... EverestOnlineKhabar
May 11, 2026

राहत बितरणमा एकद्धार नीति : गैर सरकारी संस्थालाइ राहत बितरणमा रोक

Loading

कठमाडौं । सरकारले गैर सरकारी संस्थालाइ बाढी पीडितको निम्ति राहत बितरणमा रोक लगाएको छ । गृहमन्त्रालयमा बसेको दैविप्रकोप उद्धार समितिको बैठकमा गृहमन्त्री जनार्दन शर्माको प्रस्तावमा यो निर्णय भएको हो ।

गैर सरकारी संस्थाले बितरण गर्दा समान बितरण नहुने, कतै धेरै त कतै अभाव हुने भएकाले एकद्धारमार्फत राहत बितरणमा सहयोग गर्न गृहमन्त्रालयले आग्रह गरेको छ ।

गृहमन्त्री जनार्दन घिमिरेले बाढी प्रभावितहरुलाई नगद सहयोग गर्न चाहनेहरुले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न सकिने बताउनुभयो ।

राहतलाई केन्द्रिकृत रुपमा संकलन गरेर व्यवस्थित रुपमा वितरण गर्न गृह मन्त्रालयका सह–सचिव केदार न्यौपानेको संयोजकत्वमा राहत संकलन तथा संयोजन समीति गठन गरिएको छ । गृह मन्त्रालयका अनुसार राहत वितरण गर्न चाहने गैरसरकारी संस्था तथा व्यक्तीहरुले खाद्यन्न, कपडा, त्रिपाल लगायतका जिन्सी सामाग्री समीतिसँग समन्वय गरेर उपलब्ध गराउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.