![]()
काठमाडौं । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको कृष्ण मन्दिरको दर्शन गर्नुभएको छ। पाटन दरवार स्क्वायरस्थित कृष्ण मन्दिर पुगी उहाँले मन्दिरको दर्शन गर्नुभएको हो ।
श्रीकृष्ण जन्माष्टमीका दिन राष्ट्र प्रमुखले कृष्ण मन्दिर दर्शन गर्ने प्रचलन छ । राष्ट्रपति भण्डारीले मन्दिर पुगेर पुजारीको हातबाट टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो ।


