Breaking News.... EverestOnlineKhabar
May 11, 2026

‘माओवादी केन्द्रका सांसदको एक महिनाको तलब पनि बाढी पीडितलाइ’

Loading

काठमाडौं । बाढी, पहिरो र डुबान पीडित सर्वसाधारणलाइ बिभिन्न क्षेत्रबाट राहत दिनेक्रम जारी छ । सरकार, राजनीतिक दल, समाजिक संघ संस्था, निजी क्षेत्र तथा देश बिदेशमा रहेका नेपालीहरुले धमाधम नगद तथा राहत पठाउन थालेका छन ।

यसैबीच, नेकपा माओवादी केन्द्रका सांसदहरुले पनि एक महिनाको तलब बाढी पीडितहरुको राहतका लागि दिने निर्णय गरेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बसेको संसदीय बोर्डको बैठकले बाढी पीडितहरुको राहतका लागि पार्टीका सबै सांसदहरुले एक महिनाको तलब दिने निर्णय गरेको हो ।

बैठकले बाढी पहिरो प्रभावित जिल्लाका सांसदहरुलाई पीडितहरुको उद्दार, राहत र पुनःस्थापनाको काममा सक्रियतापूर्वक लाग्न निर्देशन समेत दिएको छ ।

यसअघि हिजो नेपाली कांग्रेसले पनि आफना सबै सांसदको एक महिनाको तलब बाढी पीडितलाइ दिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.