Breaking News.... EverestOnlineKhabar
May 10, 2026

पिपुल्स च्वाइस अवार्डका लागि ५ खेलाडीको नाम सार्वजनिक, सोमबारबाटै भोटिङ सुरु

Loading

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत पिपुल्स च्वाइस अवार्डको लागि ५ खेलाडीको नाम सार्वजनिक भएको छ ।

२०७३ सालमा खेलाडीहरुले प्राप्त गरेको उपलब्धी र चर्चालाई आधार मानेर ५ खेलाडीको नाम छनौट गरिएको हो ।  पिपुल्स च्वाइसमा पर्नेमा क्रिकेटबाट दीपेन्द्र सिंह ऐरी, पौडीबाट गौरिका सिंह, एथ्लेटिक्सबाट कान्छीमाया कोजु, जुडोबाट फुपुल्हामु खत्री र फुटबलबाट सुजल श्रेष्ठ रहेका छन ।

आगामी भदौ २६ गते अवार्ड बितरण गरिनेछ । त्यसका लागि सोमबारबाटै एसएमएस भोटिङ र फेसबुक लाइकको भोटिङ सुरु भएको छ । भोटिङ र फेसबुक लाइकको आधारमा सर्वाधिक भोट प्राप्त गर्ने खेलाडीले पिपुल्स च्वाइस अवार्ड पाउनेछ ।

अन्य चार विधाका लागि उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षकको लागि केही दिनमै उत्कृष्ट खेलाडीको नाम सार्वजनिक गर्ने आयोजकले जनाएको छ । यसबाहेक लाइभटाइम अचिभमेन्ट अवार्ड, पारा एथलेट अवार्ड र स्पेशल अवार्ड गरी कूल ८ विधाको अवार्ड प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.