![]()
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मा बाढीग्रस्त पूर्वी तथा मध्य क्षेत्रको निरीक्षणमा जानु भएको छ । राहत सामाग्रीसहित प्रधानमन्त्री देउवाको टोली सेनाको हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुगेको हो ।
बाढीग्रसत क्षेत्रमा पुगेर प्रधानमन्त्रीसहित सरकारी टोलीले पीडितहरुको अवस्था, उद्दार कार्यको प्रभावकारिता र राहत बितरणबारे निरीक्षण गरेको छ । निरीक्षणपछि थप अल्पकालिन तथा दीर्घकालिन योजना बनाउने सरकारले जनाएको छ ।
यसअघि आइतबार मन्त्रिपरिषद बैठकले मृत्यु हुने प्रत्येक व्यक्तिको परिवारलाइ २ लाख राहत दिने निर्णय गरेको थियो ।
यसैबीच गृहन्त्रालयले जिल्लामा कार्यरत सरकारी कर्मचारीहरुको विदा वा काज स्वीकृत नगर्ने र मनसुन अवधीभर जिल्ला नछोडन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।
सरकारले राहत बितरणलाइ पनि तिव्रता दिएको छ । विपद व्यवस्थापनको दोस्रो चरण अनुरुप आज थप खाद्दान्न र राहत बाढी प्रभावित क्षेत्रमा वितरण गरिदैछ ।


