![]()
काठमाडौं । मुलुकभर बाढी र पहिरोले मानविय क्षतिकासाथै जनजीवन तहसनहस भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा गम्भीर कदम चाल्ने मनस्थितिमा पुग्नु भएको छ ।
प्रधानतमन्त्री देउवाले बाढी प्रभावित क्षेत्रमा संकटकाल लगाउने तयारी गर्नुभएको छ । यसका लागि अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक आह्वान गरिएको छ । प्रधानमन्त्री देउवाले आफनो पार्टीमा राहत र उद्दारका विषयमा छलफल गर्नुहुनेछ ।
कांग्रेसको बैठकपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरिएको छ । साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।


