Breaking News.... EverestOnlineKhabar
May 11, 2026

एमाले स्थायी कमिटी : ‘सरकारको अकर्मण्यता र दिशाहीनताका कारण चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित गर्न ढिलाइ ’

Loading

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठकले व्यवस्थापिका–संसद्मा विचाराधीन चिकित्सा शिक्षासम्बन्धी विधेयक छिटोभन्दा छिटो पारित गर्न सरकारसँग माग गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा शनिवार बसेको स्थायी कमिटी बैठकले कुनैपनि बाहनामा बिधेयक अडकाउन काम नगरी पारित गर्न माग गरेको हो । बैठकले सरकारको निष्क्रियताका कारण विधेयक पारित हुन ढिलाइ भएको जिकिर समेत गरेको छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकार स्वयंको अकर्मण्यता र दिशाहीनताका कारण आजसम्म पनि विधेयक पारित भएको छैन । यस सम्बन्धमा सरकार र सत्ता गठबन्धनको द्वैध चरित्रप्रति बैठकले गम्भीर आपत्ति प्रकट गरेको छ । ’

एमालेले सो विषयमा आफ्नो दायित्व पूरा नगर्ने र अरु दललाई अनावश्यक लाञ्छित गर्ने काम भएको भनी आपत्ति पनि जनाएको छ ।
बैठकले प्रा. डा. केसी र उहाँका प्रतिनिधिसँग वार्ता गरी उचित ढंगले समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.