Breaking News.... EverestOnlineKhabar
May 11, 2026

सरकारी सूचना अब राष्ट्रिय पोर्टलमा, www.nepal.gov.np नामक वेबसाइट सञ्चालन

Loading

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रले सरकारी कार्यालय तथा संवैधानिक निकायका सेवा तथा सूचनालाई राष्ट्रिय पोर्टलमा व्यवस्थित गर्न सुरु गरेको छ।

मुलुकमा विभिन्न सरकारी मन्त्रालयबाट भए गरेका कार्य तथा सर्वसाधारणलाई सम्बन्धित कार्यालयका सूचना राष्ट्रिय पोर्टलमा अभिलेख गरिएको छ। इन्टरप्राइजेज सोलुसन कम्पनीले विकास गरेको सफ्ट्वेयरमार्फत केन्द्रले www.nepal.gov.np नामक वेबसाइट सञ्चालनमा ल्याएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, हेलो सरकार, आन्तरिक राजश्व विभाग, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नेपाल राष्ट्र बैंक वैदेशिक विनिमय विभाग र सार्वजनिक खरिद अनुगमन कार्यालय र लोकसेवा आयोगका सूचना, नगरपालिकाका नक्सा, निजामती किताबखानाका कर्मचारी सम्पत्ति विवरणलगायत सेवा तथा सूचना उक्त पोर्टलमा समावेश गरिएको छ।

राष्ट्रिय समाचार समितिले यही साउन १ गतेदेखि प्रकाशनमा ल्याएका बुलेटिनसमेत पोर्टलमा राखिएको छ। शुक्रबार आयोजित कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सञ्जय शर्माले पोर्टलको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले आवश्यक लगानी वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे।

विभिन्न मन्त्रालय, सरकारी कार्यालय तथा संवैधानिक निकायका प्राविधिकलाई राष्ट्रिय पोर्टल सञ्चालनका लागि आवश्यक पर्ने प्राविधिक सीप र ज्ञानका बारे प्रशिक्षक कृष्ण पाण्डे र वासुदेव राउतले जानकारी गराए।

केन्द्रका कार्यकारी निर्देशक प्रणिता उपाध्याय, सूचना तथा सञ्चार मन्त्रालयका इन्जिनियर मनिष मल्लिकलगायतले समयसापेक्ष सूचना अद्यावधिक गरी सेवाग्राहीलाई उपलब्ध गराउन सकेमा सुशासनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.